बाजुरा जिप दुर्घटना : घाइतेलाई सेनाको हेलिकोप्टरबाट नेपालगन्ज लगियो

जेष्ठ १३, २०८२

अर्जुन शाह

Bajura Jeep accident: The injured were taken to Nepalgunj by an army helicopter

धनगढी — बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेहरुको थप उपचारका लागि सेनाको हेलिकोप्टबाट नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ ।

जिप दुर्घटनामा बुढीनन्दा नगरपालिका-२ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवालाई कोल्टी अस्पतालबाट रेफर गरिएको हो । 

बाजुराको विकटमा पर्ने काँडाकोटमा रहेको नेपाल टेलिकपको टावरमा ब्याट्री फेर्नका लागि ब्याट्री लिएर टेलिकम अत्तरियाको बा ५ च २२०९ नम्बर जिप त्यसतर्फ जाने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनामा टेलिकम बाजुरा कार्यालयका प्रमुख लोकबहादुर खड्का, कर्मचारीहरु बाजुराको ढम्कने टावरमा कार्यरत सुरक्षागार्ड रवीन्द्र धामी र चालक कञ्चनपुरका करनसिंह महतराको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमै रहेका स्थानीय दीपक कार्कीका अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully