कैलाली — नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, धनगढी शाखाको बाह्रौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा लक्ष्मण ठकुराठी नयाँ अध्यक्षमा चयन भएका छन् । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ केन्द्रीय कमिटीका अध्यक्ष श्याम मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सागर भट्ट, उपाध्यक्षमा जीवन खड्का, सचिव पारस फुलारा, सहसचिव हरीराम चौधरी, सहसचिव गोविन्द चन्द, कोषाध्यक्ष बासमती चौधरी, सहकोषाध्यक्ष जीवन बडु चयन भएका छन् । सदस्यहरूमा क्रमश: आशिष चौधरी, सुभाष अधिकारी, मंयक चौधरी, विष्णु बोहरा, मुकेश धानुक चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष ठकुराठीले संस्थाभित्र रहेका विकृति र विसंगतिहरूलाई सुधार गर्दै संस्थालाई थप सक्षम बनाउने प्रतिबद्धता जनाएका छन् । उनले संस्थाको आफ्नै भवन निर्माण गरी सेवा र सुविधा प्रदान गर्ने लक्ष्य लिएको बताए ।
कार्यक्रममा विभिन्न संस्थामा आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
