भीरबाट लडेर महिलाको मृत्यु

जेष्ठ ९, २०८२

मनोज बडू

Woman dies after falling from Bhir

दार्चुला — घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । जिल्ला सुर्नया गाउँपालिका-८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको आफन्त रमेश बोहराले बताए ।

उनका अनुसार शुक्रबार स्थानीय भालुपण एकलकट्टा भन्ने भीरबाट लडेर एक सय ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । 

उनको मृत्युले ६ महिना र ७ वर्षको छोराहरू बिचल्लीमा परेको आफन्त बोहराले बताए ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully