सुत्केरी महिलालाई अस्पतालसम्म पुर्‍याउने प्रहरी सम्मानित

जेष्ठ ७, २०८२

रञ्जना बिसी

The policeman who took the pregnant woman to the hospital was honored

काठमाडौँ — कैलालीमा गर्भवती महिलालाई सडकमै सुत्केरी गराएकी महिला प्रहरी जवान चन्द्रिका देउवा सम्मानित भएकी छन् । जिल्लाको गोदावरी नगरपालिका-१, वसन्तपुरमा मंगलबार सुत्केरी बेथा लागेर सडकमा छटपटाइरहेकी चन्द्रा आचार्यलाई उनले प्रसूति गराएकी थिइन् ।

एक्कासि बेथा लागेर लडेको अवस्था भेटिएपछि प्रहरी जवान चन्द्रिका देउवा प्रहरी चौकी खैरानाबाट घटनास्थलमा पुगेर आचार्यलाई सुरक्षित प्रसूति गराएर पद्मा अस्पतालसम्म पुर्‍याएकी थिइन् ।  अहिले महिला र शिशुको अवस्था सामान्य छ।  प्रहरी जवान देउवाको उक्त कामको मूल्याङ्कन गर्दै  कैलाली जिल्ला प्रहरी कार्यालयले बुधबार प्रशंसा पत्र र रेकर्डमा जनिने गरी उनलाई पुरस्कृत गरेको छ।

 कैलालीका प्रमुख एसपी बालनरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन् । राणाले प्रहरी चौकी खैरानामा कार्यरत  देउवाले सडकमा छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए ।

देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताए ।

रञ्जना

Link copied successfully