डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

जेष्ठ ५, २०८२

मोहन पनेरु

One dead, one injured due to lightning in Doti

डोटी — डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । सोमबार बेलुका अविरल असिना पानी र हावाहुरीले पूर्वीचौकी गाउँपालिका वडा नम्बर-२ बगल्लेक वाडी बस्ने  ४० वर्षीया   देउमति साउदको चट्याङ लागेर मृत्यु  भएको प्रहरीले जानकारी दिएको छ  ।

घाइते हुनेमा सोही वडाकी बगलेक स्वास्थ्य चौकी डोटीमा कार्यरत अ.न.मि. ३६  वर्षीया अस्मिता ओली विष्ट रहेको प्रहरीले बताएको  छ । विष्टको दाँया पाखुरामा चोट लागेको र जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

मोहन पनेरु

Link copied successfully