सालको रुख भाँचिदा घाइते भएका पूर्वक्याम्पस प्रमुखको मृत्यु

जेष्ठ २, २०८२

रञ्जना बिसी

Pre-campus chief dies after being injured when a sal tree breaks

कैलाली — कैलालीमा हावा हुरीका कारण सालको रुख भाँचिँदा घाइते भएका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारीको उपचारका क्रममा मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–१ सुखडस्थित राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख भण्डारी शुक्रबार बिहान घर नजिकैको सालको रुख भाँचिँदा गम्भीर घाइते भएका थिए।

टाउकोमा चोट लागेका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल, सुखडमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी रिफर गरिएको थियो। दिउँसो करिब साढे १२ बजेतिर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

रञ्जना

Link copied successfully