कैलाली — कैलालीमा भन्सार छलेर ल्याइएका २५ लाख रुपैयाँ बढीका सामानहरू बरामद भएका छन्। जिल्ला प्रहरी कार्यालयले बुधवार २५ लाख ९० हजार चार सय मूल्यको सामान बरामद गरेको हो।
कैलारी गाउँपालिका–९ कोइलही ताल क्षेत्रबाट भारतबाट भन्सार छली ल्याइएको सामान बरामद गरेको बताएको छ।
प्रहरीले चार सय सुट, एक हजार पाँच सय १५ टप्स, एक सय १२ धोती, १० पूजाको धोती, २० रोल थान कपडा, १० साडी, पाँच टाबेल र एक रोल ब्लाउजको कपडा नियन्त्रण लिएको हो।
उक्त सामानहरू प्रहरीले कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाएको छ।
