डोटीका ९ स्थानीय तहमा साढे १६ करोड रुपैयाँ बेरुजु

जेष्ठ १, २०८२

मोहन पनेरु

16 and a half million rupees were spent on 9 local levels of Doti

डोटी — आर्थिक वर्ष २०८०/८१ मा डोटीका ९ वटा स्थानिय तहमा १६ करोड ५२ लाख ९९ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन अनुसार डोटीका ९ वटा स्थानीय तहमा गरी उक्त बेरुजु देखिएको हो ।

महालेखा कार्यालयको प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु जिल्लाको दुर्गम मानिने बडिकेदार गाउँपालिकामा देखिएको छ । कुल बजेट ७२ करोड ३० लाख ९१ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ४ करोड १३ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको हो । 

शिखर नगरपालिकाको कुल बजेट  १ अर्ब २२ करोड ३८ लाख ६८ हजार रुपैयाँ लेखापरीक्षण हुँदा ४ करोड ९ लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ । आदर्श गाउँपालिकामा ८० करोड ७४ लाख ६८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ६७ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

सायल गाउँपालिकाको कुल बजेट ८९ करोड ६२ लाख भएको पालिकामा १ करोड २५ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको छ र यस्तै जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बोगटान फुड्सिल गाउँपालिकामा कुल बजेट  ९९ करोड ७९ लाख रहेको र  लेखापरीक्षणमा १ करोड ३३ लाख बेरुजु देखिएको छ   ।

दिपायल सिलगढी नगरपालिकाको बुल बजेट १ अर्ब ५० करोड ६६ लाख थियो  । उक्त बजेटको लेखापरिक्षण हुँदा  १ करोड ८८ लाख बेरुजु आएको छ  । पूर्वीचौकी गाउँपालिकाको कुल बजेट १ अर्ब ११ करोड ८५ लाख रहेकोमा १ करोड ३ लाख बेरुजु आएको छ । जोरायल गाउँपालिकाको कुल बजेट १ अर्ब १६ करोड ७९ लाख रहेको र  लेखापरीक्षणमा ९८ लाख ६७ हजार बेरुजु देखिएको छ ।

यसै गरी जिल्लामा सबैभन्दा कम केआईसिंह गाउँपालिकामा देखिएको छ । उक्त पालिकाको कुल बजेट ९५ करोड ६ लाख रहेको थियो भने लेखापरीक्षण गर्दा ३२ लाख ५० हजार मात्रै बेरुजु देखिएको छ ।

मोहन पनेरु

Link copied successfully