'सर्बर' नचल्दा दुई दिनदेखि पेट्रोल अभाव

वैशाख ३१, २०८२

मोहन पनेरु

There is a shortage of petrol for two days due to non-operation of 'Serbar'

डोटी — डोटीमा दुई दिनदेखि पेट्रोल अभाव भएको छ । नेपाल आयल निगम लिमिटेडको डिलर पोर्टल (सर्बर)मा मंगलबार दिउँसो १ बजेर ४० मिनेट जाँदादेखि समस्या आएको नेपाल आयल निगम लिमिटेड डोटीका कार्यालय प्रमुख ज्ञानेन्द्र शाहीले बताए ।

कार्यालय प्रमुख शाहीका अनुसार ६० हजार लिटर डिजल र २० हजार लिटर पेट्रोल ट्यांकरमा होल्ड भएका छन् । 

‘हिजोदेखि हाम्रो सिस्टममा समस्या आएका कारण पेट्रोल ट्यांकरसमेत ठप्प छन् । जिल्लामा देखिएको पेट्रोल अभाव हटाउन राती १० बजेसम्म कार्यालयमै बसेर  भए पनि बजारमा पेट्रोल पठाउनेछौं,’ उनले भने, ‘प्रधान कार्यालयमै समस्या आएकाले कति बेला बन्छ भनेर अहिले नै केही थाहा छैन ।’

सिस्टम नचलेपछि आधिकारिक बिक्रेता कार्यालयको खाता नम्बरमा पैसा जम्मा गरे/नगरेको थाहा नभएको र सिस्टम चलेपछि मात्रै हेरेर बिल उठाउन मिल्ने शाहीले बताए । 

अहिले बजारमा पेट्रोलको हाहाकार भएको छ तर किराना पसलहरूमा भने प्रतिलिटर दुई सयका दरले धमाधम बिक्री भइरहेको छ ।

मोहन पनेरु

Link copied successfully