सेतीमा बगेर एक जना बेपत्ता

वैशाख ३०, २०८२

मोहन पनेरु

One person is missing after being washed away in Seti

डोटी — डोटीमा सेती नदीमा बगेर  एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो करिब २ बजेतिर  दिपायल सिलगढी नगरपालिका वडा नम्बर-१ श्रीखोलीशैनका १० वर्षका रमेश विकका १० वर्षीय छोरा अमित विक सेतीमा  बगेर बेपत्ता भएका हुन् ।

सेती नदीमा नुहाउने क्रममा बगेर अमित बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

मोहन पनेरु

Link copied successfully