कैलाली — कैलालीमा माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ साँडेपानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी जिल्लाको गौरीगङ्गा नगरपालिका-११ का ४५ वर्षीय नरबहादुर कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गम्भीर घाइते भएका कडायतको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।
पश्चिमबाट गइरहेको ०१–००६ख ७१५० नम्बरको माइक्रोले पूर्वबाट आईरहेको से ७ प ७३७२ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । सवारी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
