डोटीमा साइकलबाट लडेर एकको मृत्यु

वैशाख २७, २०८२

मोहन पनेरु

One died after falling from a bicycle in Doti

डोटी — डोटीमा शनिबार साँझ साइकलबाट लडेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको के.आई. सिंह गाउँपालिका-४ बाजकोट बस्ने १३ वर्षीया सुशील बिष्टको मृत्यु भएको हो ।

बिष्ट वायल बजारबाट साइकलमा घर फर्किने क्रममा लडेर सडकबाट २० मिटर तल खसी टाउकोमा गम्भीर चोट लागेको थियो । 

उनलाई उपचारका लागि डडेलधुरा अस्पतालमा पुर्‍याइ जाँच गर्दा डाक्टरले मृत घोषणा गरेको हो ।

मोहन

Link copied successfully