डोटी — दिपायल सिलगढी नगरपालिका–२ हलीखोलामा बन्न लागेको मोटरेबलको पुल छेउमा लगाइएको पर्खाल भत्काएर पुनःनिर्माण गरिएको छ । पुल नबन्दै पर्खाल भत्किएको थियो ।
खुटिया–बीपीनगर–गड्सेरा–दिपायल सडक योजना कार्यालयबाट १ हजार ६ सय मिटर ‘क्र्यास बेरियर’ र मोटरेबल पुल गरी ३ करोड २२ लाखमा २०८१ पुसमा भवानी निर्माण सेवाले ठेक्का पाएको थियो । सम्झौताअनुसार पुलको निर्माण ०८२ असारमा सक्नुपर्नेछ ।
भवानी निर्माण सेवाका साइट कर्मचारी नरेन्द्र वलीले चर्किएको भाग पूरै फालेर नयाँ निर्माण गरेको बताए । ‘माटोको भार थाम्न नसकेपछि पर्खाल चर्किएको थियो । अहिले पुननिर्माण भइसकेको छ,' उनले भने ।
