काफलको रुखबाट लडेर बालिकाको मृत्यु

वैशाख २५, २०८२

मनोज बडू

Girl dies after falling from kafal tree

दार्चुला — बैतडीको पुर्चौंडी नगरपालिका–९ बाथ्थोला तल्लादेहीमा काफलको रूखबाट लडेर बालिकाको मृत्यु भएको छ ।

तल्लादेहिकी स्थानीय१४ बर्षीया सीमा भण्डारीको रुखबाट लडेर मृत्यु भएको खेती माध्यमिक विध्यालयका शिक्षक नरबहादुर भण्डारीले बताए ।  

घर नजिकैको जंगलमा काफल टिप्न गएकी भण्डारी बुधबार काफलको रुखबाट लडेकी र उनको घटनास्थलमै मृत्यु भएको शिक्षक भण्डारीले बताए । खेती मावि तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत भण्डारीको निधनले गाउँ शोकमा डुबेको शिक्षक भण्डारीको भनाइ छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully