पुल नबन्दै चर्कियो पर्खाल

वैशाख २४, २०८२

मोहन पनेरु

The wall cracked without a bridge being built

डोटी — दिपायल सिलगढी नगरपालिका–२ हलीखोलामा बन्न लागेको मोटरेबलको पुलको काम नसकिँदै साइडमा लगाइएको टेवा पर्खाल चर्किएको छ ।  

खुटिया–वीपीनगर–गड्सेरा–दिपायल सडक योजना कैलालीका सूचना अधिकारीका दिनेश रैखालका अनुसार १ हजार ६ सय मिटर ‘क्र्यास वेरियर’ र मोटरेबल पुल गरी ३ करोड २२ लाखमा २०८१ पुषमा भवानी निर्माण सेवाले ठेक्का पाएको थियो ।

०८२ असारमा सक्ने गरी ठेक्का लिएको पुलको काम ५० प्रतिशत मात्रै भएको छ । भवानी निर्माण सेवाका साइड हेर्ने कर्मचारी नरेन्द्र वलीका अनुसार माटोको भार थाम्न नसकेर टेवा पर्खाल दुई ठाउँमा चर्किएको हो ।

उनले भने, ‘माटोको भार थाम्न नसकेपछि पर्खाल चर्किएको हो । अब हामीले फेरि त्यसको बाहिरबाट अर्को वाल हाल्ने हो ।’ यो सडकबाट डोटीको आदर्श र सायल गाउँपालिकासम्म गाडी जाने गर्छन् ।

यो सडक पूरै निर्माण भए कैलालीको स्याउले हुँदै बझाङको चीन सीमा ताक्लाकोटसम्म जोडिने छ । 

मोहन पनेरु

Link copied successfully