दार्चुला — लोकतान्त्रिक निर्माण व्यवसायी संघ बैतडीको अध्यक्षमा मदनमोहन बिष्ट चयन भएका छन् । संघको आइतबार सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले बिष्टको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा नरीसिंह भाट र बीरबहादुर गडाल चयन भएका छन् । महासचिवमा सुरजबहादुर चन्द, उपमहासचिवमा पुष्करराज भट्ट र केशवराज लेखक, कोषाध्यक्षमा सहदेव अवस्थी, सहकोषाध्यक्षमा नरेशबहादुर चन्द लगायत अन्य सदस्यहरु चयन भएका संघका महासचिवमा सुरजबहादुर चन्दले बताए ।
लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष मदनमोहन बिष्टको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।
