दशरथचन्दमा विद्युत् सट भएर आगलागी

वैशाख २२, २०८२

रासस

Fire broke out in Dasharathchand

बैतडी — विद्युत् सट भएर बैतडीमा सोमबार बिहान एक घरमा आगलागी भएको छ ।

 जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला श्रीखण्डका केशवदत्त भट्टको घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

आज बिहान ८ः३० बजेतिर विद्युत् सट भएर भट्टको घरमा आगलागी भएको हो । आगलागीबाट घरको दोस्रो तलामा क्षति पुग्नुका साथै घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएका भएका छन् ।  

प्रहरी चौकी गुरुखोलाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

रासस

Link copied successfully