चट्याङ लागेर महिलाको मृत्यु

वैशाख २१, २०८२

भवानी भट्ट

Woman dies due to lightning

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१३ तिल्कीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय लालमति रानाको चट्याङ लागेर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराका अनुसार घर नजिकै तरकारी बारीमा काम गरिरहेका बेला चट्याङ परेको हो । 

चट्याङ लागेर लालमतिका श्रीमान् रतनसिंह घाइते भएका छन् । 

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully