कञ्चनपुरको जंगलमा दम्पती मृत फेला

वैशाख १६, २०८२

भवानी भट्ट

Couple found dead in forest of Kanchanpur

कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिका–९ को जनजागरण सामुदायिक वनमा दम्पती मृत अवस्थामा भेटिएका छन् ।

पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका ६८ वर्षीय सगराम भुल र उनकी श्रीमती ६६ वर्षीय गंगादेवी भुल मृत भेटिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार उनीहरु दुवैजना वैशाख ११ गते पारिवारिक विवादपछि घरबाट ससुराली जान हिँडेका थिए । तर उनीहरु सम्पर्कमा नआएपछि दोस्रो दिन आफन्तले इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा निवेदन दिएका थिए । 

एसपी जोशीका अनुसार सोमबार साँझ सामुदायिक वनको बीचमा दुवैजना दोपट्टाले अलग–अलग रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully