सेती अस्पतालको छतबाट हाम फालेका बिरामीको मृत्यु

वैशाख १६, २०८२

रञ्जना बिसी

A patient who jumped from the roof of Seti Hospital died

कैलाली — सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका बिरामीको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका एक ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भीर चोट लागेर घाइते भएका सिंहको आकस्मिक उपचार कक्षमा ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए । सिंह मिर्गौला पीडित रहेको र प्रादेशिक अस्पतालमा डायलिसिस गर्दै आएको अस्पतालले जनाएको छ ।

वैशाख १५ गते वार्ड भर्ना भएर उपचार गर्दै आएका सिंहलाई सोमबार चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । उनका साथ श्रीमती ईश्वरीदेवी कुरुवा रहेको खुलेको छ । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि तेस्रो तलाबाट हाम फालेको अस्पतालले जनाएको छ ।

रञ्जना

Link copied successfully