डोटी — डोटीमा सर्पले डस्दा एकजना घाइते भएका छन् ।
केआई सिंह गाउँपालिका-६ भिटाडी सलेना बस्ने भीम भुलका छोरा १३ वर्षीया रोहितलाई सर्पले डसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार घर नजिकैको चम्तडी खोलामा माछा मार्ने क्रममा बायाँ हातमा सर्पले डसेको हो । भुलको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको छ ।
