कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बंकबाट २ किलोग्रामभन्दा बढी चरेससहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ५० वर्षीय पदम बहादुर कार्कीलाई २ दशमलव ३ सय ग्राम चरेस सहित बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए।
उनका अनुसार जोशीले सञ्चालन गरिरहेको होटलभित्रबाट उक्त चरेश बरामद गरिएको हो ।
