कैलाली — धनगढीबाट बझाङतर्फ जाँदै गरेको एक मिनी ट्रक डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा बुधबार बिहान दुर्घटना भएको छ। भीमदत्त राजमार्गअन्तर्गत पर्ने उक्त स्थानमा भएको दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश–०१–००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनी ट्रक अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२ दहबगरका ३२ वर्षीय अर्जुन धामी रहेका छन् । अन्य दुईमा त्यहीँ ठाउँका उज्ज्वल जाग्री र जगत धामी रहेका छन्
घटनाको थप विवरण आउन बाँकी रहेको र आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
