भन्सार छलीका सामान बरामद

वैशाख ८, २०८२

कान्तिपुर संवाददाता

Customs evasion goods seized

कैलाली — कैलालीका विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका सामानहरु बरामद भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयहरूबाट खटिएको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–३ सिसापोष्ट, टिकापुर नगरपालिका वडा नम्बर ४ वाणीपुल र भजनी नगरपालिका वडा नम्बर ९ पहलवानपुरबाट सामानहरू बरामद गरेका हुन् ।

बरामद भएका सामान चिनी, चकलेट, पानीपुरी, सेरवानी सेट, टप्स, प्लाजु सेट, बच्चाको लेहेङ्गा, अण्डर ट्राउजर, दीपावलीका लागि झाल्लर लाइट, टेन्टको माथिको कपडा, प्लास्टिक झोला, स्पाईट, छिद्रा माछा र अन्य विभिन्न सामग्रीहरू छन् । 

जसको मूल्य करिब २ लाख ४५ हजार २ सय रुपैयाँ बराबर रहेको छ । बरामद गरिएका सामग्रीहरू अहिले नियन्त्रणमा राखिएको र थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully