धनगढी — कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको उपमहानगरपालिका–३ बोराडाडीबाट ४ ग्राम ६ सय मिलिग्राम लागुऔषधसहित लम्की चुहा नगरपालिका–७ बस्ने २५ वर्षीय अजय चौधरी रहेका छन् ।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार नियन्त्रणमा लिएको छ ।
यस्तै गोदावरी नगरपालिका–४ वसन्तपुरबाट १ ग्राम ३ सय मिलिग्राम लागू औषधसहित सोही ठाउँ बस्ने एक जना १७ वर्षीय किशोर पनि पक्राउ परेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
