कैलालीका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ

चैत्र ३१, २०८१

रञ्जना बिसी

Seven people were arrested with drugs from different places in Kailali

कैलाली — कैलालीका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट १ ग्राम ८८० मिलिग्राम लागु औषधसहित कैलाली गोदावरी नगरपालिका–१० बस्ने २३ वर्षीय महेश बोगटी र गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय अमिश सार्की ६७० मिलिग्राम लागु औषधसहित पक्राउ परेका हुन् ।

यस्तै, धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट २७० मिलिग्राम लागु औषधसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षकै सोहन राना शनिबार पक्राउ परेका हुन् । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

उता जानकी गाउँपालिका–३ स्थित सडक खण्डमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारु पक्राउ परेका छन् । कठरियाको साथबाट ९० मिलिग्राम लागु औषध फेला पारी दुवै जनालाई इलाका प्रहरी कर्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै, गौरीगंगा नगरपालिका–३ कुचैनीबाट ३१० मिलिग्राम लागु औषधसहित सोही ठाउँ बस्ने एक जना किशोरलाई इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

रञ्जना

Link copied successfully