मोटरबाट पानी तान्दा करेन्ट लागेर धनगढीमा आमाको मृत्यु, छोरा घाइते

चैत्र ३०, २०८१

रञ्जना बिसी

Mother dies, son injured in Dhangadhi due to electrocution while drawing water from motor

धनगढी — कैलालीमा करेन्ट लागेर आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको हो । कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको हो ।

घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएपछि  डाक्टरले मृत घोषणा गरेका थिए । उक्त घटनामा विमलाका ३ वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

रञ्जना बिसी

Link copied successfully