बझाङमा चट्याङ लागेर जनाको मृत्यु, विद्युत् सेवा अवरुद्ध

चैत्र २८, २०८१

वसन्तप्रताप सिंह

One person died due to lightning in Bajhang, electricity service was disrupted

बझाङ — बुधबार राति हावाहुरी र वर्षासँगै परेको चट्याड्ड लागेर बझाङमा एक जनाको मृत्यु भएको छ । दुई जना सामान्य घाइते भएका छन् ।

चट्याङ लागेर वित्थडचिर गाउँपालिका–३ की ७८ वर्षीया धौली बोहरा रहेकी छन् । मृतक बोहराकी १४ वर्षीया नातिनी जस्माकुमारी र १३ वर्षीया पवित्रा घाइते भएका छन् । 

उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिए । भान्छामा काम गरिरहेको बेला घरमा चट्याङ परेपछि धौलीको घटनास्थल मै मृत्यू भएको थियो । 

बझाङमा हावाहुरी र चट्याङका कारण विद्युत् सेवा पनि अवरुद्ध भएको छ । खोड्पे–बझाङ ३३ केभी राष्ट्रिय प्रसारण लाइन अन्तर्गत वित्थडचिर गाउँपालिकाको सुनकुडा, स्यााडीमा क्षति पुर्‍याउँदा बुधबार दिउँसोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको हो । 

विद्युत् सुचारु गर्न बझाङको चैनपुर र बाग्थला वितरण केन्द्रका कर्मचारी हिजैदेखि खटिएको नेपाल विद्युत् प्राधिकरणको बझाङ वितरण केन्द्रले जनाएको छ ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully