डोटी — सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत डोटीको घण्टेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
अनेरास्ववियुका उम्मेदवार अध्यक्ष सुरत बोहरा ६९ मतका साथ विजय भएको निर्वाचन अधिकृत गणेश भट्टले जानकारी दिए ।
यस्तै सचिवमा दीपक साउदले ६५ र कोषाध्यक्ष कलावती बोहराले ६६ मत ल्याउँदै जित हात पारे । सदस्यहरु शर्मिला वि.क. ६६, रेखा शाहु ६५, धना कुमारी कामी ६४ र कविता मगरले ६२ मत प्राप्त गर्दै जित हात पारे ।
नेविसंघका तर्फबाट निकटतम प्रतिद्वन्द्वी उम्मेदवारहरु अध्यक्ष मोहन सिं पालीले ३४, सचिवमा कर्णदेव बोहराले ३८ र कोषाध्यक्ष लक्ष्मी मडैले ३३ मात्रै प्राप्त गरेका छन् ।
कूल १ सय १४ जना मतदाता रहेको उक्त क्याम्पसमा जम्मा १०३ मत खसेको थियो । समानुपातिकतर्फ अनेरास्ववियुले ६७ मत प्राप्त गरेको र नेपाल विद्यार्थी संघले ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश भट्टले जानकारी दिए ।
