गाडीको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

चैत्र २७, २०८१

अर्जुन शाह

Wife dies, husband injured in car collision

धनगढी — कैलालीको जानकी गाउँपालिका ५ अमौरामा बुधबार बिहान माइक्रोबसको ठक्करबाट साइकलमा यात्रा गरिरहेकी ४४ वर्षीया किहरु बडुवालको मृत्यु भएको छ ।

उनका श्रीमान् ५५ वर्षीय मानबहादुर बडुवाल घाइते रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायक उपरीक्षक नविन राजा बुढाथोकीले बताए । घाइते बडुवालको नेपालगञ्जमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार टीकापुरबाट लम्कीतर्फ गइरहेको सुपप्र ०१–००१ ज १५९८ नम्बरको माइक्रोले साइकलमा यात्रा गरिरहेका बडुवाल दम्पतीलाई ठक्कर दिएको थियो । प्रहरीले गाडीसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully