दार्चुला बहुमुखीमा स्ववियु निर्वाचनको मतदान

चैत्र २७, २०८१

मनोज बडू

Voting in Darchula Multiple Elections

दार्चुला — सुदूरपश्चिम विश्वविध्यालय दार्चुला बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान थालिएको छ । बिहान ८ बजेदेखि निर्वाचन सुरू भएको हो ।

दार्चुला क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारिको संयुक्त प्यानल, अनेरास्ववियु, स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेको छ । 

संयुक्त प्यानलबाट सभापतिमा प्रकाश बडु, अनेरास्ववियुका खडक ठगुन्ना र स्वतन्त्रबाट अनिलचन्द्र जोशी रहेका छन् ।

क्याम्पसमा ४८५ मतदाता रहेका छन् ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully