गोकुलेश्वर बहुमुखी क्याम्पसमा मतदान जारी

चैत्र २७, २०८१

मनोज बडू

Voting continues at Gokuleshwar Multiple Campus

दार्चुला — सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको गोकुलेश्वर बहुमुखी क्याम्पसमा मतदान जारी रहेको छ । बिहान ८ बजेदेखि सुरु मतदान निरन्तर चलिरहेको क्याम्पस निर्वाचन समितिले जनाएको छ ।

गोकुलेश्वर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृत रमेशचन्द्र जोशीका अनुसार मध्याह्न १२ बजेसम्म दुई सय ५ मत खसेका छन् । यो क्याम्पसमा दुई सय ६४ मतदान रहेको उनले जानकारी दिए । 

गोकुलेश्वर क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल, अनेरास्ववियु र स्वतन्त्रका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ ।

स्ववियु सभापतिका लागि स्वतन्त्रबाट दिनेशराज पन्त, संयुक्त प्यानलका नरेश विष्ट र अनेरास्ववियुका सुनिल डाँगा चुनावी मैदानमा रहेका छन् । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully