टीकापुरमा पहिलो पटक सशस्त्र प्रहरीको दीक्षान्त

चैत्र २७, २०८१

अर्जुन शाह

Armed Police convocation for the first time in Tikapur

धनगढी — कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा पहिलो पटक दीक्षान्त समारोह सम्पन्न भएको छ । 

बुधबार आयोजित दीक्षान्त समारोहमा सि.सं २३७ (ञ) अर्न्तगतका १२४ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन् । ११ महिने आधारभूत तालिम पूरा गरेपछि उनीहरुलाई दीक्षित गरिएको शिक्षालयका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र सेनले जानकारी दिएका छन् । 

दीक्षान्तका अवसरमा तालिममा सर्वोत्कृष्ट हुने कञ्चनपुरका खुशीराम डगौरालाई पुरस्कृत गरिएको छ । त्यस्तै अन्य तीन जनालाई विभिन्न विधागततर्फ पुरस्कृत गरिएको शिक्षालयले जनाएको छ ।

दीक्षित प्रहरी जवानलाई सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले पुरस्कार प्रदान गरे  । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully