भतिजी बलात्कारको आरोपमा काका पक्राउ 

चैत्र २५, २०८१

अर्जुन शाह

Uncle arrested for raping niece

धनगढी — आफ्नै भतिजी नाता पर्ने १३ वर्षीया बालिकामाथि बलात्कारको अभियोगमा कैलालीका एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-२ कृष्णनगरका २४ वर्षीय युवकलाई आइतबार राति पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका बालिकामाथि एक साताअघि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully