टीकापुरमा एक घर जल्दा दुई लाख ५० हजारको क्षति

चैत्र २४, २०८१

रञ्जना बिसी

A house burned in Tikapur, causing damage of 250,000

कैलाली — चुल्होमा बालेको आगो सल्किँदा कैलालीमा एक घर जलेर नष्ट भएको छ। टीकापुर नगरपालिका-६ पानीमूलका ६० वर्षीय महा लुहारको घरमा आगलागी भएको हो।

प्रहरीका अनुसार काठले बनेको २ कोठे कच्ची घरको भान्सामा बालेको आगो सल्किएर अनियन्त्रित हुँदा आगलागी भएको थियो। आगलागीबाट करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीले लोहार परिवारको घरमा रहेको खाद्यान्न, लत्ता कपडा र मालसामान जलेर नष्ट भएको छ।

रञ्जना

Link copied successfully