कैलाली — कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर घाटबाट कैलारी गाउँपालिका–६ बस्ने २२ वर्षीय विशाल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूका साथबाट स्पामो प्रोभोन ४० ट्याब्लेटसहित नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
