दोधारा चाँदनीको दशगजा क्षेत्रमा हात्ती मृत भेटियो

चैत्र २१, २०८१

भवानी भट्ट

Elephant found dead in Dasgaja area of ​​Dodhara Chandni

कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलस्थित दशगजा क्षेत्रमा वयस्क भाले हात्ती मृत अवस्थामा भेटिएको छ । 

बिहीबार बिहान हात्ती मृत अवस्थामा भेटिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. आभाश श्रेष्ठका अनुसार हात्तीको सुँडमा घाउ देखिएको छ । शरीरको अन्य भागमा घाउ देखिएको छैन । 

‘अहिले नै मृत्युको कारण भन्न सकिने अवस्था छैन,’ डा. श्रेष्ठले भने, ‘पोष्टमार्टम गर्ने तयारी भइरहेको छ, त्यसपछि मात्रै केही भन्न सकिन्छ ।’ 

उनका अनुसार हात्ती दशगजामा नेपाल र भारत दुवैतर्फ रहेको छ । भारततर्फको पनि वनको टोली घटनास्थलमा पुगेको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully