बैतडी पुर्चौडीको एक घरमा आगलागी

चैत्र २१, २०८१

मनोज बडू

A fire broke out in a house in Baitadi Purchoudi

दार्चुला — बैतडीको पुर्चौडी नगरपालिका–३ देउलाडमा एक घरमा आगलागी भएको छ। बुधबार राति स्थानीय वीरेन्द्र बोहराको एकतले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार खरबारीमा लागेको आगो घरसम्म पुग्दा आगलागी भएको बुझिएको छ। आगलागीका कारण बोहराको घरमा भएका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेले क्षतिको एकीन विवरण आउन बाँकी रहेको बताए। स्थानीयवासीको सहयोगमा गएराति नै आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully