डोटीमा जिपबाट खसेर एककाे मृत्युु

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

One died after falling from a jeep in Doti

डाेटी — डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु भएको छ ।

सोमबार साँझ दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको जीप आदर्श गाउँपालिका– २ कुचेडाका गाडी साहु वर्ष ३४ का ज्ञानेन्द्र बहादुर बोहराको ढालाबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ  । 

उनलाई उपचारको लागि दिपायलकाे शैलेश्वरी अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

आदर्श गाउँपालिका– ३, नुवाकोटका २३ वर्षका गाडी चालक विराज भट्ट र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

कान्तिपुर

Link copied successfully