जिपबाट खसेर एकको मृत्यु

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

One died after falling from a jeep

अमरगढी — जिल्लाको अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूल रहेकी प्रहरीले जनाएको छ । 

आइतबार दिउँसो जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से१ज ७३९ नंको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी भूलको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी उपेन्द्रबहादुर बमले जानकारी दिए ।

जिपसहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्रमुख सुगन्ध श्रेष्ठले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully