बेलौरीमा गहुँबारीमा देखियो बाघ, स्थानीय त्रासमा

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

Tiger spotted in wheat field in Belauri, local panic

कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवामा बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् । गहुँबारीमा शनिबार बिहानै बाघ देखिएको हो ।

इलाका वन कार्यालय कुण्डाका वन अधिकृत दिनेश यादवका अनुसार गुहँबारीमा देखिएको बाघ वयस्क छ । अहिले वनको टोलीसंँगै सुरक्षाकर्मीको टोली बाघ देखिएको स्थानमा पुगेको छ । बाघलाई नियन्त्रणमा लिनका लागि पनि माथिल्लो निकायमा जानकारी गराइ सकेको वन अधिकृत यादवले बताए । 

दुई वर्षअघि बेलौरी नगरपालिकामै बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । उक्त बाघ नियन्त्रणमा लिएर काठमाडौं चिडियाखानामा राखिएको छ । 

कान्तिपुर

Link copied successfully