धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकीको उपचारका क्रममा मृत्यु

चैत्र १०, २०८१

अर्जुन शाह

In Dhangadhi, a gas cylinder burst victim died during treatment

धनगढी — ग्यास सिलिन्डर पड्किएर घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारीकी ३६ वर्षीया मीना खड्काको आइतबार उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खड्का काठमाडौंस्थित बर्न हस्पिटलमा उपचार भइरहेको थियो ।

त्यही घटनामा घाइते भएकी उनकी छोरी २० वर्षीया चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्दराज जोशीको उपचार चलिरहेको प्रहरीले जनाएको छ । भान्सामा ग्यासको सिलिन्डर जडान गर्ने क्रममा पड्किएर तीनै जना घाइते भएका थिए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully