भारतमा मोटरसाइकल दुर्घटनामा दार्चुलाका एक जनाको मृत्यु

चैत्र ५, २०८१

मनोज बडू

A person from Darchula died in a motorcycle accident in India

दार्चुला — भारतको राजस्थानमा मोटरसाइकल दुर्घटनामा परी दार्चुलाका एक जनाको मृत्यु भएको छ । 

सोमबार राति राजस्थानस्थित जयपुरमा मोटरसाइकल दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका–९ सिन्याडीका ३६ वर्षीय करन जोशीको मृत्यु भएको हो ।

स्थानीय कृष्ण जोशीका अनुसार कामबाट बस्ने ठाउँमा फर्किरहेका बेला मोटरसाइकल दुर्घटनामा परेको हो । जोशीको घटनास्थलमै मृत्यु भएको उनले बताए । मृतक करनका घरमा आमाबुबा, पत्नी र तीन छोरी रहेको आफन्तले जानकारी दिएका छन् ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully