दार्चुला — सशस्त्र प्रहरीले शैल्यशिखर नगरपालिका-९ नङ्तडबाट भन्सार छलीको आठ क्वीन्टल चिनीसहितको गाडी नियन्त्रणमा लिएकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट खटिएको मोबाइल चेकप्वाइण्ट टोलीले नङ्तडबाट भन्सार छलीको आठ क्वीन्टल चिनी बोकेको म १ ज ३२४ नम्बरको बेवारिसे अवस्थामा भेटिएको गाडी नियन्त्रणमा लिइएको हो ।
बेवारिसे अवस्थामा फेला परेको चिनी सहितको गाडी आवश्यक कारवाहीका लागि फागुन २७ गते मंगलबार भन्सार कार्यालय दार्चुलालाई बुझाइएको सशस्त्र प्रहरीले जनाएकाे छ ।
