माटोको ढिस्कोले पुरिँदा एकैघरका दुई जनाको मृत्यु

फाल्गुन २६, २०८१

मेनुका ढुंगाना

Two people of the same house died when they were hit by a mudslide

अछाम — माटोको ढिस्कोले पुरिँदा मंगलसेन नगरपालिका-८ सुतुडाका दुई जना महिलाको मृत्यु भएको छ ।

वडा नम्बर-९ पान्लिभिडमा चैतेदसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन गएका एकाघरका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । 

डीएसपी भण्डारीका अनुसार उनीहरू दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएका हुन् । घटनाको थप जानकारीका लागि प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोली घटनास्थल पुगेको छ । 

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully