कांग्रेसका शीर्ष नेताहरु सोमबार धनगढी आउँदै

फाल्गुन २६, २०८१

अर्जुन शाह

Top Congress leaders are coming to Dhangadhi on Monday

धनगढी — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका शीर्ष नेताहरु सोमबार धनगढी आउन लागेका छन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरका अनुसार सोमबार आयोजना हुने कांग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलन उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन् ।

सभापति देउवासँगै महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरुको टोली आउन लागेको बताइएको छ । उपसभापति पूर्णबहादुर खड्कालगायतका केही नेताहरु भने आइतबार नै धनगढी पुगिसकेका छन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully