गोली हानी भाइको हत्या गर्ने पक्राउ

फाल्गुन २३, २०८१

मनोज बडू

Arrested for shooting and killing his brother

दार्चुला — गोली हानी भाइको हत्या गर्ने बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ । कर्णबहादुरलाई प्रहरिले शुक्रबार दिउँसो भारतको धार्चुला क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडिका अनुसार गत शनिबार भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहार गरी हत्या गरेका कर्णबहादुर बन्दुकसहित फरार रहेका थिए । फरार कर्णबहादुरलाई मोबाइल लोकेसनका आधारमा पक्राउ गर्न सफल भएको बैतडी प्रहरीका प्रवक्ता बलदेव बडूले बताए ।

भारतीय सीमा प्रयोग गरेका कर्णबहादुरलाई दार्चुलाको पारी भारतको धार्चुलानजिकबाट पक्राउ गरिएको हो। पक्राउ परेका कर्णबहादुरले नेपाल ल्याउने तयारी भएको र त्यसपछि सार्वजनिक गरिने जनाएको छ।

लेनदेनको विषयमा विवाद हुँदा शनिबार बेलुका ८ बजेतिर घर नजिकैको होटेलमा खाना खाइरहेका बेला सुरेन्द्रमाथि कर्णबहादुरले गोली प्रहार गरेका थिए।  गोली प्रहारलगत्तै सुरेन्द्रलाई स्थानीय बासिन्दाले उपचारका लागि जिल्ला अस्पताल पुर्‍याए पनि चिकित्सकले शनिबार राति नै उनलाई मृत घोषणाा गरेका थिए।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully