बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

फाल्गुन २१, २०८१

रासस

One person died after falling from Bhir in Bajura

बाजुरा — गौमुल गाउँपालिकामा भीरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ । 

आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उहाँका आफन्त दीपेन्द्र रोकायाले बताए । उनी एक सय मिटर तल खोँचमा खसेका थिए ।

रासस

Link copied successfully