चैत अन्तिम साता लगानी सम्मेलनको प्रि-समिट गर्दै सुदूरपश्चिम सरकार

फाल्गुन २०, २०८१

अर्जुन शाह

The Far West government pre-summits the investment conference in the last week of March

धनगढी — आगामी वर्ष असोजमा गर्ने तयारी गरिएको लगानी सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश सरकारले चैत अन्तिम साता त्यसैको पूर्वतयारीस्वरूप प्रि-समिट गर्ने निर्णय गरेको छ ।

सरकारले गत वर्षदेखि लगानी सम्मेलनको तयारी गर्दै आएको भए पनि निर्णय कार्यान्वयन भने गर्न सकेको छैन ।

मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, सत्तारुढ दल संसदीय दलका नेता, प्रमुख सचेतकहरुलगायतसँग छलफल गरेको सामाजिक विकास मन्त्री मेघराज खड्काले बताए । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully