सुदूरपश्चिमका सभामुख भण्डारीका पीएसओ बोहराको दुर्घटनामा मृत्यु

फाल्गुन १९, २०८१

अर्जुन शाह

PSO Bohra of Sudurpaschim Speaker Bhandari died in an accident

धनगढी — सडक दुर्घटनामा परी सोमबार सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीका निजी सुरक्षा अधिकृत पीएसओ प्रहरी नायब निरीक्षक योगेन्द्रकुमार बोहराको मृत्यु भएको छ । 

सुप्रप ०१–००–प ३४२९ नम्बरको स्कुटर चलाइरहेका बोहरा धनगढी–अत्तरिया ६ लेन सडक खण्ड अन्तर्गत गोदावरी नगरपालिका २ दुर्घटनामा परेका हुन् । उनले चलाएको स्कुटर अनियन्त्रित भएर विद्युत्को पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

बझाङको मष्टा गाउँपालिका-७ घर भएका ३४ वर्षीय बोहरालाई दुर्घटनापछि सेती प्रादेशिक अस्पतालमा पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully